नेपाली कंग्रेस महाभारतद्वारा दुईवटा संगठनको वडा कमिटी गठन

धनकुटा खबर, फागुन १२ । धनकुटा नेपाली कंग्रेस महाभारतले आज महाभारत गाविस वडा नं ६ मा आफनो दुईवटा संगठनको वडा कमिटी गठन गरेको छ ।

पार्टीका महाभारत गाउँ सभापति विष्णु वहादुर राईको अध्यक्षता तथा नेपाल तरुणदल क्षेत्रीय कार्यवाहक सभापति प्रकाश राईको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमको वीच गठन गरिएको कमिटी मध्ये ६ नं वडाको ९ सदस्यीय कमिटीे अध्यक्षमा औसन सिंह राई,उपाध्यक्षमा प्रेम कुमार राई,सचिवमा सविना तामाङ्ग र कोषाध्यक्षमा मैनश्वरी विक रहेकाछन् । अन्य सदस्यहरुमा लगनश्वरी राई,गंगामाया राई,रोजन सिंह राई लगायत रहेकाछन् ।

त्यस्तै तरुणदल वडा कमीटिको अध्यक्षमा विष्णु प्रसाद राई,उपाध्यक्षमा शिव कुमार राई,सचिवमा वलजीत राई र कोषाध्यक्षमा शसि राई रहेकाछन् । अन्य सदस्यहरुमा आशिष राई,अमित राई,सुशन राई सहित ९ जना रहेको जनाईएको छ । सोही कार्यक्रमकै वीच त्यहाँका जेष्ठ नागरिक तथा दलित आपाङ्गता ५ जना व्यक्तिलाई सम्मान गरिएको छ ।

तरुणदल क्षेत्रीय कार्यवाहक अध्यक्ष प्रकाश राईको व्यक्तिगत संयोजनमा जेष्ठनागरिकहरु औसन सिंह राई,जनध्वज राई,अस्त सिंह राई,रोजन सिंह राई र दलित आपाङ्गता व्यक्ति नर वहादुर विकलाई नगद सहित फुलमाला लगाई सम्मान गरिएको नेपाली कंग्रेस महाभारतले जनाएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल महिला संघ महाभारतका अध्यक्ष रुपा राईले राख्न्ुभएको थियो भने सञ्चालन तरुणलद महाभारतकै अध्यक्ष अविलास राईले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।