ट्याक्सी चलाउन छाडेर माछा पालनमा, माछा बेचेरै मासिक ४५ हजार कमाई !
धनकुटा खबर, फागनु २४ । धनकुटाका लागि अहिले बार्षिक २ मेट्रिक टन भन्दा बढी माछाको आवश्यक छ । मासु ब्यसबयी संघ धनकुटाको तथ्यांक अनुसार धनकुटामा दैनिक ७० केजीका दरले बार्षिक ४ हजार २ सय केजी माछाको आवश्यक छ ।
तर जिल्ला पशु सेवा कार्यालय धनकुटाको तथ्यांक अनुसार अहिले धनकुटामा बार्षिक २ टन अर्थात २ हजार केजी मात्र माछा उत्पादन हुनेगर्दछ ।
जुन आवश्यकतालाई पुरा गर्न धनकुटामा सुनसरी,मोरङ्ग,झापाबाट आयात गर्ने गरिएको छ ।
यो आवश्यकतालाई मध्येनजर गरेर अहिले धनकुटामा केहि साना ठूला माछा फर्महरु सन्चालनमा आउन थालेका छन् ।
यहि आवश्यकतामा अवसर देखेर धनकुटाका एक ट्याक्सी चालक पनि ड्राईभिङ्ग पेशा छाडेर माछा पालनमा लागेका छन् ।

बिगत १५ बर्ष देखि ट्याक्सी चलाउँदै आएका भोजपुर घर भई हाल धनकुटा ५ कर्मिटारका ४७ बर्षिया चन्द्र कुमार राई नीजि १६ लाख खर्चेर माछा पालनमा लागेका हुन् ।
उनले धनकुटा नगरपालिका ३ स्थित पात्ले बेंसिमा बार्षिक १ लाख ५० हजार भाडा तिरेर १४ रोपनी जमिनमा उक्त माछा पालन गरेका हुन् ।
बिभिन्न साना–ठूला गरी ७ वटा पोखरीमा मुङ्गी,ग्रासकार र कमनकार जातिका २२ हजार भुराबाट ब्यबसाय शुरु गरेका राईले गएको गर्मी महिनाका सिजहरुमा दैनिक ६ हजार केजी सम्म माछा बेचेको जानकारी दिए ।
ट्याक्सी चलाउने पेशाबाट मासिक ३० हजार सम्म कमाई भएपनि आफूलाई सन्तुष्टि नभएपछि गएको चैत्रबाट आफू माछा पालनमा लागेको पात्लेखोला फर्मका सन्चालक समेत रहेका राईको भनाई रहेको छ ।
‘मलाई ट्याक्सी चलाएको पैसाले सन्तोक भएन’ ,उनले आफ्नै शैलीमा भने,‘सानो हुंदा नदी–खोलाहरुमा माछा मारेको तिर्सना मेटाउन र धनकुटामा माछाको माग अत्याधिक भएको म यता लागें ।’
मासिक १० हजार र ६ हजार तलब दिएर २ जनालाई रोजगार समेत दिएका राईले धनकुटा लगाएत बिभिन्न जिल्लामा माछा सप्लाई गरेर मासिक ४५ हजार सम्म मुनाफा कमाउने गरेको जानकारी दिए ।
माछाको जात अनुसार प्रति केजी ३ सय देखि ४ सय सम्म लिएर राईले धनकुटा लगाएत भोजपर,तेह्रथुम र संखुवासभा सम्म माछा सप्लाई गर्नेगरेका छन् ।
गएको महिनाहरुमा आम्दानी भएको रहक ब्यबस्थानमा खर्च भएर कम आम्दनी भएपनि आउने महिना देखि खुद मुनाफाबाट बार्षिक ६ लाख भन्दा बढी कमाउने राईको लक्ष रहेको छ ।
जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक अनुसार हाल जिल्लामा ५ वटा माछा फर्महरु सन्चालनमा रहेका छन् ।


