महिला दिवसमा प्रभातफेरी
धनकुटा खबर, फागुन २५ । ‘महिला सम्मानको आधार सिपयुक्त हात र स्वरोजगार’ भन्ने नाराका साथ १०७ अन्तराष्ट्रि महिला दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय धनकुटाले प्रभातफेरीको आयोजना गरेको छ ।
बदलिंदो परिवेशमा कामकाजी महिला,सन् २०३० सम्ममा बरावरी पाईला भन्ने सहायक नाराका साथ धनकुटाको भीमनारायण चौकबाट शुरु भएको प्रभात फरी मदनचौकमा गएर कोणसभामा परणत भएको थियो ।
कार्यालयका अधिकृत मन्जु लोहनीको अध्यक्षतामा सम्पन्न भएको उक्त र्यालीमा धनकुटाका बिभिन्न सरकारी तथा गैर सरकारी संघ÷संस्था,धार्मिक संस्था,महिला अधिकारवादी संस्था तथा सुरक्षा निकायका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

प्रभातफेरी पछिको कोणसभामा प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रती,नेपाली काँग्रेसका बिजय सन्तोषी राई,नेकपा एमालेका,नेकपा माओवादी केन्दैका ऋषिराम ढुंगाना र महिला अधिकारकर्मी कोपिला संकरले शुभकामना मन्तब्य राख्नुभएको थियो ।


