पत्रकार महासंघ धनकुटालाई बधाई ज्ञापन

धनकुटा खबर, फागुन २६ । स्थानिय शान्ति समिति धनकुटाले नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

समितिले बुधबार एक कार्यक्रमको आयोजना गरी समितिका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ सहित कार्यसमितिका सदस्यहरुलाई बधाई ज्ञापन गरेको हो ।

नयां कार्यसमितिलाई संयोजक बलबहादुर राई लगाएत पूर्व संयोजकहरु टिका प्रसाद घिमिरे,लालचन्द्र गोङ्वा लगाएत समितका पदाधिकारीले बधाई ज्ञापन गर्नुभएको थियो ।

फागुन ७ गते सम्पन्न भएको नेपाल पत्रकार महासंघ धनकुटाको १० अधिबेशनबाट सर्वसम्मत् रुपमा १८ सदस्यीय नयाँ समिति चयन भएको थियो ।

१४ केन्द्रिय र १९ प्रदेश सभासद् रहेको धनकुटामा हाल १ सय ४१ पत्रकार सदस्य संख्या कायम रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।