माध्यमिक शिक्षा परीक्षामा धनकुटाबाट ४ हजार २ सय ४९ जना परिक्षार्थी सहभागी हुँदै

तेह्रथुम जिल्लावाट २ हजार ७ सय ४३ जना

धनकुटा खबर, चैत १ । चैत ३ गतेवाट सञ्चालन हुने कक्षा १० को माद्यमिक शिक्षा परिक्षामा धनकुटा जिल्लावाट ४ हजार २ सय ४९ जना परिक्षार्थी सामेल हुने भएकाछन् ।
परिक्षाका लागि आवश्यक प्रश्न पत्र सहितका सामाग्रीहरु सम्वन्धित केन्द्रमा पुर्याउने कार्य अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यलय धनकुटाले जनाएको छ ।

यो वर्षको माद्यमिक शिक्षा परिक्षा अर्थात कक्षा १० को परिक्षामा नियमित तर्फ ३ हजार ४ सय ५५ जना,एकजाम्टेड तर्फ १ सय ८४ जना र ग्रेड वृद्धी वा आंशिक तर्फका ६ सय १० जना गरी कूल ४ हजार २ सय ४९ जना विद्यार्थीले परिक्षा दिने छन् । परिक्षाका लागि जिल्लाको विभिन्न स्थानमा १७ वटा केन्द्र तोकिएको छ । उल्लेखीत १७ केन्द्रमा १७ जना केन्द्राध्यक्ष, १७ जना सहायक केन्द्राध्यक्ष, १ सय ५२ जना निरिक्षक ७९ जना सहयोगी र प्रतिकेन्द्र १०र१० जना गरी जम्मा १ सय ७० जना सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ । १४ गते सम्म सञ्चालन हुने परिक्षा विहान ८ देखी ११ वजे सम्म हुनेछ ।

त्यस्तै तेह्रथुम जिल्लावाट यो वर्ष २ हजार ७ सय ४३ जना विद्यार्र्थीले कक्षा १० को परिक्षा दिने जिल्ला शिक्षा अधिकारी कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभएको छ । जिल्लाको १४ वटा परिक्षा केन्द्रवाट उल्लेखीत संख्यका विद्यार्थीले परिक्षा दिने तयारी भएको उहाँले वताउनुभयो ।

परिक्षाका लागि जिल्लामा क्रमश १४र१४ जना केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष १ सय ३ जना निरिक्षक,४७ जना सहयोगी र १ सय ४० जना सूरक्षाकर्मी गरी जम्मा २ सय ७८ जना कर्मचारी परिक्षा व्यवस्थापनका लागि खटाउने तयारी गरिएको जिल्ला शिक्षा कार्यलय तेह्रथुमले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।