क्षतिग्रस्त बिद्यालयलाई नेपाली सेना र सिमेन्टको सहयोग
धनकुटा खबर, चैत २ । गतवर्षको विनाशकारी भुकम्पले क्षतिग्रस्त बनाएको धनकुटा डुम्रेसान्नेको एक अपांगता भएका बिद्यार्थीहरु अध्ययनरत बिद्यालयको भवन मर्मतसम्हार गर्न धनकुटा स्थित नेपाली सेना र निगाले सहयोग गरेको छ ।
एक स्वस्फूर्त यूवा अभियान ‘मेरो प्रयास’ नामक संस्थाको पहलमा नगरपालिको वडा नं. १३ मा रहेको श्री मार्गादेवी प्राथमिक विद्यालयको भवन मर्मतसम्हार गर्न नेपाली सेनाको श्रीमेहर गणका धनकुटा र सिमेन्टले सहयोग गरेको हो ।
विद्यालयमा अध्ययनरत २० जना दृष्टिविहिन विद्यार्थीहरु वस्ने आवासगृहको चर्किएको भागलाई सेनाले भत्काई प्लष्टर, झ्याल ढोका वनाउने काम सेनाले गरिरहेको विद्यालयका स्रोत शिक्षक यज्ञप्रसाद दाहालले जानकारी दिनुभयो ।

तस्वीर: मर्मत सम्हारमा नेपाली सेना
तीन दिन देखि मर्मत सम्भारको काम भइरहेको उक्त भवन मर्मत सम्भारको सबै काम सम्पन्न गर्न १० दिन भन्दा बढी समय लाग्ने जमदार कुमालले जानकारी दिनुभयो ।
भवन मर्मतका लागि निगाले सिमेन्टको १५ बोरा सिमेन्ट र गणका जमदार राजेन्द्रबहादुर कुमालको नेतृत्व गएको ११ सदस्यीय टोलीले विद्यालयको मर्मत सम्भार गर्ने ‘मेरो प्रयास’ का अभियानकर्ता प्रमोद न्यौपानेले जानकारी दिनुभयो।
धनकुटाका अस्पतालका डाक्टर मदन उपाध्याय दम्पितीको सक्रियताका २०७२ सालमा स्थापना भएको यस संस्थाले स्थापनाको समय देखि अपाङ्गता भएका बिद्यालय र बिद्यार्थीहरुलाई सहयोग जुटाउँदै आएको छ ।


