माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा धनकुटा जिल्लाका १ सय ४४ जना विद्यार्थी अनुपस्थित
धनकुटा खबर, चैत ३ । आजवाट शूरु भएको कक्षा १० को माद्यमिक शिक्षा परिक्षामा धनकुटा जिल्लाका १ सय ४४ जना विद्यार्थी अनुपस्थित भएका छन् ।
जसअनुसार आंशिक तर्फका १ सय ९५, नियमित तर्फका १८ जना र एक्जाम्टेड तर्फका ३१ जना गरी जम्मा उल्लेखित संख्याका विद्यार्थी परिक्षामा अनुपस्थित भएको जिल्ला शिक्षा कार्यलय धनकुटाले जनाएको छ ।
परिक्षाको आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परिक्षा दिएका हुन् । आजको परिक्षा सौहार्दपूर्ण र व्यवस्थित तरिकाले सञ्चालन भएको कार्यलयले जनाएको छ । भोलि अनिवार्य नेपाली विषयको परिक्षा हुनेछ ।
जिल्लावाट ४ हजार २ सय ४९ जना विद्यार्थीले माद्यमिक शिक्षा परिक्षाका लागि फाराम भरेका थिए ।


