स्थानीय तहको निर्वाचनका लागि धनकुटा छथर गाउपालिका हात्तिखर्कमा प्रशिक्षक प्रशिक्षण
धनकुटा खबर, ३ चैत्र । स्थानीय तहको निर्वाचनलाई मध्यनरजर गर्दै आज नेपाली कांग्रेस धनकुटाले छथर गाउपालिकाको हात्तिखर्कमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
छथर गाउपालिका अन्र्तगत हात्तिखर्क निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,जिल्ला सदस्य निर्मल ओझाले निर्वाचन नियमावली,नेपाली कांग्रेसको चुनावी रणनिति र एजेण्डाहरु तथा निर्वाचन परिचालन विषयमा सहजीकरण गर्दै प्रशिक्षण दिनु भएको थियो ।
नेपाली कांग्रेस छथर गाउपालिका हात्तिखर्क चुनाव प्रचार प्रसार समितिका संयोजक सुजन तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल शिक्षक संघका भक्तमान लिम्बु,श्याम सुवेदी,भोगेन्द्र प्रसाद अधिकारी र नेपाली कांग्रेस छथरका नेता छत्र लिम्बुले संविधानको कार्यन्वयनका लागी स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनु पर्नेमा जोड दिनु भएको थियो भने कार्यक्रमको संचालन निर्वाचन परिचालन समितिका सहसचिव सुनिता पौडेलले गर्नु भएको थियो ।



