स्टेरिङ लक भै अनियन्त्रित हुँदा बस दुर्घटना, १ को मृत्यु, बसका साहु फरार

चैत १२, इलाम । दक्षिणी क्षेत्र माइ नगरपालिका–३ (साविक दानाबारी–५) सोराली खोल्सा का बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा माइ नगरपालिका–१० (साविक चिसापानी–५) की १३ वर्षिया रुस्मा मगरको मृत्यु भएको हो।
झापाको बिर्तामोडबाट चिसापानी आँउदै गरेको मे १ ख ७१७ नम्बरको बस स्टेरिङ लक भएपछि अनियन्त्रित भै पल्टिएको प्रहरीले जानकारी दिएको छ। बसका चालक गोलधापका ३५ वर्षिय रमेश राई, माइ नगरपालिका–३ की ६० वर्षिया सिता बराइली र माइ नगरपालिका–९ की १५ बर्षिया विमला लावती घाइते छन्।
घाइतेहरुलाई उपचारको लागी झापातर्फ लगिएको ट्राफिक प्रहरी धर्मदेव मण्डलले जानकारी दिए। बसका साहु रमेश गुरुङको खोजी भैरहेको प्रहरीले जनाएको छ।


