हिले क्याम्पसमा स्वागत र बिदाई कार्यक्रम एकसाथ
धनकुटा खबर, चैत १३ । वि वि एस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी र प्रथम वर्षमा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई आज हिले क्याम्पसले एक कार्यक्रमको आयोजना गरी स्वागत तथा विदाई कार्यक्रम एकसाथ गरेको छ ।

हिले माद्यमिक विद्यालयका प्रभानाध्यापक रमेश वहादुर घिमिरेको प्रमुख आतिथ्य तथा अनेरास्ववियुका अध्यक्ष नईन्द्र वहादुर राईको अध्यक्षतमा सञ्चालित कार्यक्रमको वीच उनीहरुलाई विदाई तथा स्वागत गरिएको हो ।
सोही अवसरमा विविएस चौथो तथा अन्तिम वर्ष मा अध्ययनरत छात्रा निरादेवी पौडेल,तेश्रोवर्षमा अध्ययनरत छात्र शिव वजगाई र चौथो वर्षमा अध्ययनरत मिना वजगाई लाई जेहेन्दार शिर्षकमा नगद ३र३ हजार प्रदान गर्दै पुरस्कृत गरेको छ ।

त्यस्तै विविएस तेश्रो वर्षमा अध्ययनरत छात्रा अस्मिता राउत र छात्र नविन कार्की को ६र६ महिनाको ३६र३६ सय शूल्क छुट गरेको छ भने विविएस दोश्रो वर्षमा अध्ययनरत छात्रा जुनु रानाको ६ महिनाको शूल्क ३३ सय र प्रथम वर्षमा अध्ययनरत सपना थापाको ६ महिनाको ३ हजार शूल्क छुट दिएको छ ।
विविएस दोश्रो वर्षमा अध्ययनरत छात्रा सुनिता थापा र तेश्रो वर्षमा अध्ययनरत अस्मिता राउत लाई आन्तरिक उत्कृष्ठ शिर्षकमा क्याम्पसले ५र५ सय नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा शिक्षक दिपक घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।



