कर्मचारी अभाव हुँदा अनुसन्धान प्रभावित
धनकुटा खबर, चैत १४ । अनुसन्धान कार्यक्रमा कार्यरत कृषि वैज्ञानिक र प्राविधिक कर्मचारीहरु काज सरुवा गरी अन्यत्र गएपछि राष्ट्रिय सुन्तला जात कार्यक्रमहरु प्रभावित भएका छन ।
२१ प्राबिधिक बैज्ञानिकको टोली सहित ४३ दरबन्दीमा हुनुपर्नेमा हाल २ प्राबिधिक सहित १८ कर्मचारीले मात्र काम गर्नुपरेकोले अनुसनधान प्रभावित भएको हो ।

तस्वीरः अनुसन्धानमा लगाएको बिरुवाका बारेमा जानकारी दिंदै धनबहादुर घर्ती र अनुसन्धानका लागि लगाएको कागती गोड्दै कामदार
हाल अनुसन्धानमा वरिष्ठ कृषि वैज्ञानिक सहित ९ जनाको दरवन्दी रहेको कार्यालयमा २ जना मात्र कार्यरत छन् । ४ ओटा वैज्ञानिकको दरवन्दी रिक्त अवस्थामा छन् भने ३ जना वैज्ञानिक अयन्त्र काजमा सरुवा भई गएका छन् । त्यस्तै प्राविधिक तर्फ ६ जनाको दरवन्दी रहेकोमा हाल १ जना मात्रै कार्यरत छन् भने ५ जना काजमा सरुवा भएका छन् ।
कार्यक्रमका लागि प्राबिधिक कर्मचारीको अभाव हुंदा अनुसन्धानका ल्यावहरु समेत वन्दको अवस्थामा रहेको कार्यक्रमका संयोजक धनबहादुर घर्तिले बताउनुभयो ।
सम्पूर्ण अमिलो जात फलफुलका अनुसन्धान गर्ने नेपालको एकमात्र उक्त कार्यक्रम २०१८ सालमा ४ सय रोपनी क्षेत्रफलमा स्थापना भएर १ सय २० अमिलो जातको अनुसन्धान गरिरहेको छ ।
स्थापनाको ५५ बर्षमा २ जातको कागती जातको अनुसन्धान पुरा गरेको अनुसन्धाले चालु आर्थिक बर्षमा अनसन्धानका लागि मात्र १ करोड ५ लाख ५५ हजार खर्च गर्ने जानकारी दिएको छ ।
यो पनि…


