एमाले अध्यक्ष ओलीसँग भारतीय राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आज नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्दै । तस्बिरः रोशन सापकोटा, रासस

भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन र जनतालाई अधिकार दिलाउन आफूहरु लागिपरेको बताउनुभएको थियो ।

राजदूत पुरीले आइतबार राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।