पाख्रीबास नगरपालिका स्थित अढाई किलोमिटरको बाटो मर्मत गरिने
धनकुटा खबर, चैत १४ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका स्थितको विजुवा खोला रमिते देखी किराँती समाधि स्थल सम्मको करिव अढाई किलोमिटरको वाटो मर्मत गरिने भएको छ ।
सो वाटो हुदै वजार क्षेत्र सम्म आवतजावत गर्ने स्थानीय र किराँतीहरुलाई समाधि स्थल सम्म आउन जान सहज होस भन्ने लक्षका साथ वाटो मर्मत सम्हार गर्न लागिएको किराँत भाषा उत्थान तथा संरक्षण समिति पाख्रीवासका उपाध्यक्ष श्याम प्रकाश राईले जानकारी दिनुभयो ।
यसका लागि आव २०७३र७४ मा आदीवासी जनजाती शिर्षक अन्र्तगत नगरपालिकावाट प्राप्त ३५ हजार रकम खर्च गरिने उहाँले वताउनुभयो ।
गत वर्ष ट्रयाक खोलिएका यो वाटो पहिरोको कारण ठाउ ठाउमा भत्किएपछि मर्मत गर्न लागिएको हो ।
वाटो मर्मत कार्य अव केही दिनमा थालिने समितिले जनाएको छ ।


