एनसेललाई कर तिराउन दबाब : ‘कर असुली नगर्दासम्म एनसेल प्रयोग नगरौँ’(भिडियो सहित)

काठमाडौँ, १४ चैत । अनेरास्ववियुले दूरसञ्चार कम्पनी एनसेललाई कर तिर्न दबाब दिनका लागि आज यहाँ प्रदर्शन गरेको छ ।

‘कर असुली नगर्दासम्म एनसेल प्रयोग नगरौँ’ भन्दै कर तिर्न दबाब दिँदै प्रदर्शन गरिएको अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यले जानकारी गराउनुभयो । प्रदर्शनी मार्गमा लामबद्ध उभिएर विद्यार्थीले ‘कर छली, राज्यलाई क्षति’, ‘कर तिरौँ, राज्यलाई समृद्धि बनाआँै,’ ‘एनसेललाई कर तिराआँै, राज्यलाई समृद्धि बनाऔँ’, ‘कर नतिर्ने एनसेल बहिष्कार गरौँ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

उहाँले एनसेललाई कर नतिर्दा राज्यलाई नोक्सान भएकाले कर नतिरुन्जेलसम्म आन्दोलन जारी राखिने जानकारी गराउनुभयो । सङ्गठनले सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न सबैमा आग्रह गरेको छ । एनसेललाई कर तिराउन दबाब दिनका लागि सङ्गठनले अर्थमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाइसकेको छ ।

भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।