आरआरमा पेट्रोल बम प्रहार : विद्यार्थी भन्छन, ‘हामीले निर्वाचन बहिस्कार गरेका छौं तर हाम्रो साथीहरुले बम हानेका होइनन’ (भिडियो सहित)

काठमाडौँ, १५ चैत । दुईपटक स्थगित भएको काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ ।

सर्वोच्च अदालतले निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा चैत २ गते अन्तरिम आदेश जारी गरेपछि आरआरमा निर्वाचन हुन लागेको क्याम्पस प्रमुख डा निर्मलाकुमारी सुवालले जानकारी दिनुभयो ।

आठ वर्षपछि यहाँ स्ववियु निर्वाचन हुन थालेको हो । आज बिहान ८ देखि साँझ ५ बजेसम्म निर्वाचनको समय तोकिएको छ । अहिले मतदान जारी छ । निर्वाचनमा करिब तीन हजार ५०० मतदाता सहभागी हुँदैछन् । फागुन १८ र २३ गते विद्यार्थी सङ्गठनबीच विवाद हुँदा त्यहाँ निर्वाचन स्थगित भएको थियो ।

निर्वाचनमा अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घले सहभागिता जनाएका छन् भने अनेरास्ववियु क्रान्तिकारीले बहिष्कार गरेका छन् । निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही र नेपाल विद्यार्थी सङ्घबाट उत्तमबहादुर साउदको प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ ।

क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले क्याम्पस प्रशासनले स्थानीय तह निर्वाचन आचारसंहिता विपरीत निर्वाचन गर्न थालेकाले निर्वाचन प्रक्रियामा सहभागिता नजनाएको जानकारी गराउनुभयो ।

पेट्रोल बम प्रहार

यसैबीच रत्नराज्य लक्ष्मी क्याम्पस भइरहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचनलाई अवरोध पु¥याउने उद्देश्यले केहि विद्यार्थीको एक समूहले त्यहाँ पेट्रोल बम प्रहार गरेको छ ।

प्रहरीका अनुसार निर्वाचनबाट असन्तुष्ट रहेका विद्यार्थीको समूहले दुईवटा सिसीमा पेट्रोल राखेर पड्काएका हुन् । सो आक्रमण कसले गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रमुख छविलाल जोशीले जानकारी दिनुभयो । आक्रमणबाट कसैलाई पनि केही क्षति नभएको बताइएको छ ।

अहिले आरआर क्याम्पस र वरिपरिका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको परिसरका प्रमुख जोशीले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।