स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रद्वारा पाख्रीवास नगरपालिका सान्नेमा विभिन्न कमिटी गठन

धनकुटा खबर, चैत्र १५ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा माओवादी केन्द्रले आज धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका वडा नं २ सान्नेमा आफ्नो विभिन्न कमिटी गठन गरेको छ ।

२ नं वडाध्यक्ष तेज वहादुर तामाङ्गको अध्यक्षतमा सञ्चालित वडा सम्मेलनले निर्वाचन परिचालन समिति, महिला समिति र वाई सि एल कमिटी र सल्लाहकार समिति गठन गरेको छ । जसअनुसार निर्वाचन परिचालन समितिको संयोजकमा संगम मगर उप संयोजकमा कुमारी विक रहेकाछन् । समितिको अन्य सदस्यहरुमा तेज वहादुर तामाङ्ग,वम वहादुर श्रेष्ठ,पूर्ण वहादुर विक,हिमादेवी आले,होम वहादुर पीठाकोटे,भोज वहादुर अधिकारी र देवेन्द्र अधिकारी रहेकाछन् ।

त्यस्तै गरी महिला समितिको संयोजकमा विष्णुमाया विक,सहसंयोजकमा निर्मला सार्की रहेकाछन् । महिला समितिको अन्य सदस्यहरुमा शान्तिमाया विक,मूना सार्की,पीङमाया आले,टीका मगर र सञ्जु मगर रहेकाछन् ।

त्यस्तै वाई सि एल संयोजकमा टंक आले र सदस्यहरुमा टिका मगर,वीर वहादुर मगर,लाल वहादुर सार्की,कमल सार्की,चन्द्र वहादुर खपाङ्गी लगायत रहेकाछन् भने दिल वहादुर सिंजाली संयोजक वम वहादुर श्रेष्ठ र जीत वहादुर तामाङ्ग सदस्य रहने गरी सल्लाहकार समिति गठन गरेको छ ।

सम्मेलनलाई सम्वोधन गर्दै केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य सपना निरौला,केन्द्रिय सल्लाहकार सदस्य कृष्ण वहादुर कटुवाल,नेत्र भण्डारी,जिल्ला सम्मेलन समितिका सदस्यहरु नगेन्द्र गहतराज,मूक्ति वजगांई,योगेन्द्र निरौला,वाई सि एल जिल्ला अध्यक्ष नयन श्रेष्ठ लगायतकाले पार्टीका कार्यकर्ताहरुलाई स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आग्रह गरेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।