बम प्रहार गर्नेलाई कारबाही माग

काठमाडौं, १५ चैत । नेपाल पत्रकार महासङ्घ र फोटो जर्नालिस्ट क्लब नेपालले रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समाचार सङ्कलन गरिरहेका पत्रकारलाई लक्ष्य गरी पेट्रोल बम प्रहार गर्नेलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

महासङ्घका महासचिव उजिर मगर र क्लबका उपाध्यक्ष दीपक गाउँलेले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरी स्वतन्त्रतापूर्वक पेसागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्नुभएको छ ।

निर्वाचनको विरोधमा उत्रिएका विद्यार्थी सङ्गठन र प्रहरीबीच भएको झडपको तस्बिर खिचिरहेका अवस्थामा फोटो पत्रकार श्रीधर पौडेल र केशव थापाप्रति लक्ष्य गरी प्रहार गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यो पनि -> आरआरमा पेट्रोल बम प्रहार : विद्यार्थी भन्छन, ‘हामीले निर्वाचन बहिस्कार गरेका छौं तर हाम्रो साथीहरुले बम हानेका होइनन’ (भिडियो सहित)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।