‘पाख्रीबासमा कृषी क्याम्पस सञ्चालनको तयारी’

धनकुटा खबर, चैत १६ । पूर्व सांसद तथा नेकपा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य हेमराज भण्डारीले आगामी वैशाख महिनावाट पाख्रीवासमा कृषी क्याम्पस सञ्चालनको तयारी भईरहेको वताउनुभएको छ ।

आज जिल्लाको पाख्रीवास नगरपालिका वडा नं तीनमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको टोल भेलालाई प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो ।

तीन नं वडा का वडाध्यक्ष रण वहादुर राना मगरको अध्यक्षतामा सञ्चालित भेलामा पोलिट व्यूरो सदस्य भण्डारीले पार्टीले अहिले सम्म गरेको उपलव्धिलाई संरक्षण गर्नका लागि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा जित्न आवश्यक रहेकोमा जोड दिदै तदारुख्ताका साथ निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।

भेलाले रण वहादुर रानाको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन समिति,रुपा राईको संयोजकत्वमा ११ सदस्यीय महिला समिति र हर्क क्याप्छाकी को संयोजकत्वमा २३ सदस्यीय वाई सि एल समिति र ११ सदस्यीय मगर मूक्ति मोर्चा गठन गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।