संघियताको नाममा एकात्मकता लादिन खोजियो, संविधान संशोधन नभएसम्म चुनाव औचित्य बिहिन : उपेन्द्र यादब (भिडियो सहित)

धनकुटा खबर, १७ चैत । संघिय समाजवादी फोरम नेपालमा अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव गरेको औचित्य नहुने बताएका छन् । संघिय समाजवादी फोरम नेपाल धनकुटाको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन विधेयक कुनैपनि हालतमा पारित गर्नुपर्ने बताए ।

स्थानिय तहको चुनाव संघियता भएको देशमा प्रदेश सरकारले गराउने भएकाले पहिले संसद र प्रदेशको चुनावपछि मात्र स्थानिय तहको चुनाव हुनुपर्ने उनको भनाई थियो । स्थानिय तह पुर्ण रुपले प्रदेशको मातहतमा रहने भएकाले पहिले संसद र प्रदेशको चुनाव सरकारले र स्थानिय तहको चुनाव पूदेशले गरेमा पूर्ण रुपमा संघिय लोकतन्त्रको अवधारण अनुसार अघि बढ्ने यादबले बताए ।

जुन प्रकारको संघियता कार्यान्यन गर्न खोजिएको छ वास्तवमा संघियता नभएको भन्दै यादवले संघियताको नाममा एकात्मकता लादिन खोजिएको आरोप लगाए । देशमा जुन स्थानिय तहको संरचना खडा गरिएको छ तराई, हिमाल र पहाड तीनै ठाउँका जनतालाई यातना दिन खोजिएको छ यादबको भनाई छ ।

उनले अहिल्यै चुनाव गर्ने हो भने पुरानै संरचना अनुसार बोर्ड फेरेर गाविसलाई गाँउपालिका र साविकका नगरपालिकालाई यथावत राखेर चुनाव गर्नुपर्ने र त्यो भन्दा पहिला संविधान संसोधन गर्नुपर्ने बताए ।

यो संविधानले लामो समयदेखि विभेदमा पारिएका लाई अधिकार सम्पन्न बनाउन र यने संविधान एकलौटी र विभेदकारी भएकाले र एकल जातिय प्रभुत्व लाद्ने र संविधानमा प्रशस्त गल्ती रत्रुटी भएकाले त्यसलाई सच्याउन संविधान संशोधन हुनुपर्ने यादवको भनाई छ । फरक प्रसंगमा अध्यक्ष यादवले देशमा राजनितक भागबण्डाका नाममा देशमा ठूलो भ्रष्टचार मौलाएको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।