सञ्जु मगरमा मात्र हैन मारेककटहरे बासीमै यसकारण छाएको छ खुशीको लहर !

तस्वीर: मारेककटहरे गाविस

धनकुटा खबर । धनकुटा जिल्ला सदरमुकाम वजार क्षेत्रवाट निक्कै टाढाको साविक मारेककटहरे गाविसका सञ्जु मगरलाई साँझ परेपछि निकै नमिठो अनुभूति हुन्थ्यो । घाम हुँदासम्म जीवन नै छुट्टै लाग्ने, जोशजाँगर चल्ने सञ्जुलाई घाम डुबेपछि कहिले भोलि बिहान होला भन्ने तिर्सना हुन्थ्यो । बिजुली बिनाको उनीहरुको जीवन अत्यन्तै कठिन थियो । साँझ परेपछि भोलिपल्ट बिहान नहुञ्जेलसम्म उनीहरुको सहारा बन्थ्यो टुकी वा लाल्टिन । त्यही पनि मट्टितेल लिन जितपुर वा सिधुवा बजार जानु पर्ने, कहिलेकाँहि नपाएर रित्तै हात फर्कनु पर्ने बाध्यता थियो । “बल्ल–बल्ल मट्टितेल ल्याएर टुकी बाल्यो । कोठा पूरै कालो हुने, नाकभरी कालो जम्ने, केटाकेटीले खेलाउँदा जोखिम उत्तिकै हुने, सञ्जु भन्छिन्,–“धनकुटा बजार झैं उज्यालो हाम्रो गाउँ कहिले होला भनेर निकै तड्पिन्थ्यौं ।”

धनकाुटा सदरमुकाम बजार क्षेत्रवाट उत्तर पश्चिम दिशामा अवस्थित मारेक कटहरे गाविसकी सञ्जुको मात्र हेइन । सो गाविसको वडा नं १,२ र ४ का सबै बासिन्दाको भोगाई समान थियो । बत्ती बाल्न पाए टुकी र टुकी बाल्नका लागि गर्नु पर्ने झण्झटिलो प्रक्रियाबाट मुक्त भइने थियो भन्ने चाहना पालेर बसेका उनीहरुको दिन फेरिन निकै समय लाग्यो ।

“बल्ल–बल्ल मट्टितेल ल्याएर टुकी बाल्यो । कोठा पूरै कालो हुने, नाकभरी कालो जम्ने, केटाकेटीले खेलाउँदा जोखिम उत्तिकै हुने,
“धनकुटा बजार झैं उज्यालो हाम्रो गाउँ कहिले होला भनेर निकै तड्पिन्थ्यौं ।”
– सञ्जु मगर

जव वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र स्थानीय वासिन्दाको संयुक्त आर्थिक लगानीमा २०६८ साल असार १ गतेवाट सो गाविसको स्थानीय लक्ष्मी खोलावाट ४० किलोवाटको लक्ष्मीखोला लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याईयो तव मात्र त्यहाँका वासिन्दाको विजुली वत्तीको उज्यालोमा वस्ने चाहना पूरा भयो ।

अहिले सो लघुजलविद्युत आयोजनावाट त्यहाँको वडा नं १,२ र ४ का जम्मा ३ सय ६० घरधुरी लाभान्वित लक्ष्मीखोला लघुजल विदुत आयोजना सञ्चालन समितिका अध्यक्ष तेज प्रशाद अधिकारीले वताउनुभयो । अधिकारीका अनुसार यो आयोजना श्रमदान वाहेक त्यहाँका स्थानीयवासिन्दा र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको गरी जम्मा १ करोड आर्थिक लागतमा सञ्चालनमा ल्याईएको हो । यो आयोजना सञ्चालन गरिएपछि त्यहाँका सर्वसाधारणलाई विजुली वत्ती वाल्न त सहज भएको छ नै अझ धान,मकै कुटानी पीसानीका लागि ७ वटा मिल समेत स्थापना गरिएको छ । ती मिलहरु मध्ये वडा नं १ मा २ वटा, वडा नं २ मा २ वटा र वडा नं ४ मा ३ वटा सञ्चालनमा रहेको अध्यक्ष अधिकारीले वताउनुभयो ।

त्यस्तै यही लघुजल विद्युत आयोजनावाटै विभिन्न वडा मा ४ वटा दुग्ध चिस्यान केन्द्र समेत सञ्चालन गरिएको छ । उल्लेखीत ४ वटा चिस्यान केन्द्रमा दैनिक जम्मा १० देखी १२ सय लिटर सम्म दुध संकलन हुनेगरेको उहाँको भनाई छ । आयोजनाका कर्मचारी अपरेटर शेर वहादुर मगरका अनुसार यो आयोजनामार्फत त्यहाँका ३ सय ६० घरधुरीमा विद्युत वितरण गरिएकोमा वत्ती वालिएका घरहरुवाट न्यूनतम ८ युनिटको महिनामा १ सय रुपयाँ महसुल लिने गरिएको छ ।

त्यस्तैगरी आयोजना अन्र्तगतकै कूलो अवलोकन गर्ने अर्का कर्मचारी दिल्ली मगरले आफु सहित अरु केही साथिले आयोजनामा महसुल उठाउने, कुलो वनाउने लगायतको काम समेत पाएको वताउनुभयो । मारेकटहरे र चानुवा गाविसको सिमानामा पर्ने लक्ष्मी खोलाको मूहानवाट सञ्चालित यो आयोजनाको पवरहाउस मारेकटहरे गाविसको वडा नं १ मा निर्माण गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।