निर्वाचन बिथोल्नेहरु फासिष्टहरु हुन् : पोखरेल
धनकुटा खबर, चैत १९ । निर्वाचन बिथोल्न खोज्नेहरु फासिष्टहरु भएको नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल धनकुटाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले मधेशवादी दल र निर्वाचन बहिष्कार गर्ने दलहरुलाई लक्षित गरेर यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘लोकतन्त्रमा निर्वाचन हुन नदिनु फाँसिवादी चिन्तन हो ।’
लोकतन्त्रमा निर्वाचनबाट आफ्नो प्रतिनीधि छान्न पाउनु जनताको मौलिक अधिकार भएकोले बैशाख ३१ गतेको निर्वाचनको बिकल्प नभएको पनि बताउनु भयो ।
मधेस केन्द्रित दलले संविधान संशोधनको कुरा उठाएर अस्थिरता सिर्जना गरिरहे पनि पनि अन्नतः निर्वाचनमा भाग लिनुको बिकल्प नभएको बताउनुभयो ।
मधेशी दलहरुले हिन्दी भाषालाई कामकाजको भाषा बनाउन खोजेका ,पहाड र तराईमा छुट्टै राष्ट्रियता छ भन्ने बनाउन खोजेकाले संविधान संशोधन नहुने पनि महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
मधेसमा एमाले मुक्त अभियान चलाउने र निर्वाचनमा एमाले विरुद्ध अपवित्र गठबन्धन गर्ने तयारी भईहे पनि एमाले मैदान छाडेर नभाग्ने महासचिव पोखरेलले बताउनु भयो ।


