महाभारत स्थित भूमिश्वर प्राविमा विद्यालय व्यवस्थापन समितिको वैठक सम्पन्न, भयो यस्तो महत्वपूर्ण निर्णय !
धनकुटा खबर, चैत १९ । धनकुटाको सागुरीगढी गाउपालिका वडा नं ८ महाभारत स्थितको भूमिश्वर प्राथामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको वैठक आज सम्पन्न भएको छ ।
समितिका अध्यक्ष पत्थर सिंह राईको अध्यक्षतामा सम्पन्न वैठकले विद्यालयमा यो नयाँ शैक्षिक सत्रदेखी एउटा कक्षा थप गरी ४ कक्षा सम्माका कक्षा सञ्चालन गर्ने, विद्यालयमा अक्षकोष स्थापनाका लागि त्यहाँको प्रत्येक अभिभावकको घरवाट एकर एक हजार रकम संकलन गर्ने, रकम संकलनका लागि वैशाख २ गते घरदैलो कार्यक्रम सञ्चालन गर्ने र तीन गते देखी विद्यार्थी भर्ना कार्य आरम्भ गर्ने निर्णय गरेको विद्यालयका सूचना अधिकारी पदम राईले जानकारी दिनुभयो ।
रकम संकलनका लागि त्यहाँको सिङ्गकुला टोलमा वुद्धीजीवि नविन्द्र राई,केरावारी टोलमा शिक्षक अभिभावक संघका अध्यक्ष वालचन्द्र राई र जलहारा टोलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पत्थर सिंह राईको नेतृत्वमा जनशक्ति परिचालन गरिने वैठकले निर्णय गरेको छ ।
गत वर्ष देखी अंग्रेजी माद्यममा पठनपाठन गरिदै आएको यो विद्यालयमा कक्षा ५ सम्मका कक्षा सञ्चालन गर्ने अनुमति लिईएको भएपनि अहिलेसम्म ३ कक्षा सम्म मात्र पढाई हुदै आएको छ ।


