पहिरोमा परी सत्र इन्डोनेसियाली बेपत्ता

जकार्ता (इन्डोनेसिया), १९ चैत । इन्डोनेसियामा शनिबार बिहान गएको पहिरोमा १७ जना पुरिएर बेपत्ता भएका इन्डोनेसियाली राष्ट्रिय विपत् व्यवस्थापन निकायले शनिबार बताएको छ ।

पूर्वी जाभा क्षेत्रको पोनोरोगो जिल्लास्थित बानाराम गाउँमा गएको पहिरोले ३० घरमा क्षति पु¥याएको छ ।

पहिरोमा परी बेपत्ता भएका मानिसको सङ्ख्याका विषयमा परस्पर मेल नखाने सूचनाहरु बाहिर आएका छन् । यद्यपि घटनास्थलमा उपलब्ध स्रोतले घटनामा १७ जना बेपत्ता भएको जानकारी एएफपी समाचारदातालाई दिएको छ ।

घटनास्थलमा उद्धारका लागि स्थानीय विपद् व्यवस्थापन निकायसहित सेना, प्रहरी र स्थानीय स्वयम्सेवकको सहयोगमा पहिरोपछि पनि खतरामा रहेका केही स्थानीयलाई सुरक्षित स्थलमा सार्ने काम भइरहेको छ ।

इन्डोनेसियामा पहिरोका कारण बर्सेनि सयौँ मानिसको ज्यान जाने गर्छ । पछिल्लोपटक गत फेब्रुअरीमा बालीमा गएको एक पहिरोमा परी तीन बालबालिका सहित १२ जनाको मृत्यु भएको थियो भने सेप्टेम्बरमा बाढी र पहिरोमा परी झन्डै तीसजनाको पश्चिमी जाभा क्षेत्रको गारुतमा ज्यान गएको थियो । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।