धनकुटा नगरमा कांग्रेसको यस्तो अभियान !

धनकुटा, २१ चैत्र । स्थानीय तहको सरकार बनाउनका लागि हुन गैरहेको स्थानीय तहको निर्वाचनमा जनमत सिर्जना गर्नका लागि नेपाली कांग्रेस धनकुटाले धनकुटामा संचालन गरेको प्रशिक्षक प्रशिक्षण तथा भेला आज सम्पन्न भयो ।
उक्त कार्यक्रममा सांसद तथा नेपाली कांग्रेस धनकुटाका निर्वतमान पार्टी सभापति मनोहर नारायण श्रेष्ठले हरेक परिवर्तनको नेतृत्व गर्ने कांग्रेसलाई स्थानीय सरकार निर्माण गर्नका लागी मतदान गर्नु पर्ने वताउनु भयो ।
धनकुटा नगरपालिका वडा नं. २, ३, ४, ५, ६, ७ र ८ का नेताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा पूर्व सांसद लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य रोशेष श्रेष्ठ,नगर सभापति रोशन श्रेष्ठ,पूर्व नगर सभापतिहरु पुरेन्द्रलाल श्रेष्ठ,शंकर दाहाल,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु लगायतले नेपाली कांग्रेसको चुनावी एजेण्डा, उम्मेदवार सिफारिस गर्ने विधि र प्रक्रिया ,निर्वाचन अभियान, निर्वाचन नियामावली, लगायतको विषयमा प्रशिक्षण दिदै आ-आफ्नो धारणा राख्नु भएको थियो ।
नेपाली कांग्रेस धनकुटा नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक सिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस बिभिन्न वडाका सभापति र नगर कार्य समितिका पदाधिकारीहरुले नगरको चुनावी अभियानको वारेमा आ आफ्नो वडाको स्थिति र रणनितिको वारेमा प्रस्तुत गर्नु भएको थियो ।


