३५ हजारमा अढाई किलो मिटरको बाटो मर्मत सम्हार गरियो

धनकुटा खबर, चैत २२ । धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका क्षेत्र अन्तर्गत पर्ने विजुवा खोला रमिते देखी किराँती समाधि स्थल सम्मको करिव अढाई किलो मिटरको वाटो मर्मत सम्हार गरिएको छ ।
सो वाटो हुदै वजार क्षेत्र सम्म आवतजावत गर्ने स्थानीय र किराँतीहरुलाई समाधि स्थल सम्म आउन जान सहज होस भन्ने लक्षका साथ वाटो मर्मत सम्हार गरिएको किराँत भाषा उत्थान तथा संरक्षण समिति पाख्रीवासले जनाएको छ ।
आव २०७३र७४ मा आदीवासी जनजाती शिर्षक अन्र्तगत नगरपालिकावाट प्राप्त ३५ हजार रकम खर्च गरि वाटो मर्मत गरिएको किराँत भाषा उत्थान तथा संरक्षण समितिका उपाध्यक्ष श्याम प्रकाश राईले जानकारी दिनुभयो ।
गत वर्ष ट्रयाक खोलिएका यो वाटो पहिरोको कारण ठाउ ठाउमा भत्किएपछि मर्मत सम्हार गरिएको हो ।

