धनकुटा हिलेमा राम-सीताको रथयात्रा निकाल्दै यसरी मनाईयो रामनवमी पर्व (फोटो / भिडियो सहित)

धनकुटा खबर, चैत २३ । आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी पर्व धनकुटा हिले सहित देशभर श्रद्धा भक्तिपूर्वक भगवान् रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
रामनवमीको अवसरमा हिलेमा पनि राम-सीताको रथयात्रा निकालिएको छ ।

र्सिजनशिल साँस्कृतीक समूहको आयोजनामा निकालिएको रथयात्रा हिले सिरानको रत्नषडेश्वर मन्दिरवाट शूरु भई हिलेवजार, वक्रकुण्ड मन्दिर लगयात स्थानमा प्रदर्शन गरिएको छ । रथयात्रामा हजारौ मानिसहरुको सहभागीता थियो ।
यसैवीच यो पर्वको अवसरमा हिलेको वक्रकुण्ड मन्दिर र रत्नषडेश्वर मन्दिरमा भक्तालुहरुको घुईचो लागेको छ ।

भिडियो हेर्नुहोस्


