रासायनिक आक्रमणमा असद जिम्मेवार : टर्की

फाइल फोटो

इस्तानबुल (टर्की), २३ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले बुधबार एक प्रदर्शनका सहभागीलाई सम्बोधन गर्दै मङ्गलबार सिरियामा भएको शङ्कास्पद रासायनिक हतियार आक्रमणमा सिरियाली सरकारको हात रहेको बताउनुभएको छ ।

एर्डोगानले सिरियाली राष्ट्रपति बसर अल असदलाई ‘हत्यारा’ भएको दाबी गर्दै रासायनिक हतियारबाट मृत्यु हुने बालबालिका, महिलासहित अन्य सर्वसाधारण रहेको बताउनुभएको छ ।

असदलाई चुनौती दिँदै एर्डोगानले भन्नुभयो, ‘ए हत्यारा असद’ निर्दोष नागरिकको श्रापबाट तिमी कसरी उम्कन सक्छौँ, एर्डोगानले रासायनिक हतियारका कारण एक सय जनाभन्दा बढीले साहदत प्राप्त गरेकोसमेत दाबी गर्नुभयो ।

मङ्गलबार सिरियाको इदलिबमा भएको भनिएको विषाक्त ग्यास आक्रमणमा दर्जनौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको भन्दै तत्काल संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक आह्वान गरी यस विषयमा छलफल गर्न फ्रान्सले मङ्गलबार आग्रह गरेको थियो ।

इदलिब सिरियाली विद्रोहीको प्रभाव क्षेत्र हो । मङ्गलबार बिहान इदलिबको एउटा बस्ती नजिकै रासायनिक हतियार आक्रमण भएकोे र सो घटनामा ११ बालबालिकासहित ५८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको थियो । उक्त संस्थाले घटनामा सत्तापक्षको सेनाको हात रहेको आशङ्का गरेको थियो ।

सिरियाली सेनाले घटनामा सेनाको संलग्नता नरहेको बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।