धनकुटामा कांग्रेसको निर्वाचन अभियान तीब्र, चैत्र २९ गते भित्र स्थानीय तहका उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिने

धनकुटा २३ चैत्र, स्थानीय तहको निर्वाचनलाई धनकुटामा अझ तिव्रता दिने लगायत बिभिन्न निर्णय गर्दै नेपाली कांग्रेस धनकुटाकाको निर्वाचन परिचालन समितिका संयोजकहरु र कार्य सम्पादन समितिको बैठक आज सम्पन्न भएको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतामा भएको संयूक्त बैठकले स्थानीय तहको निर्वाचनमा जिल्लामा क्रियाशिल राजनैतिक दलहरुसंग सहकार्य तथा समन्वय गर्नका लागि सभापति अग्नी प्रसाद पौडेल र निर्वतमान सभापति सांसद मनोहर नारायण श्रेष्ठ रहनु भएको शक्तिशाली अधिकार सम्पनन वार्ता समिति र पार्टीको तर्फबाट कार्य दलमा पार्टी सचिव विजय सन्तोषी राईलाई पठाउने निर्णय गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

यसैगरी उक्त संयूक्त बैठकले वडा, गाउ, नगर कार्य समितिलाई चैत्र २९ गते भित्र संभावित स्थानीय तहका उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिने निर्णय गरेको र धनकुटा जिल्लामा अहिले संचालन भैरहेको निर्वाचन अभियान अन्र्तगत चुनावी सभा, भेला, अन्र्तक्रिया र प्रशिक्षण कार्यक्रमहरुलाई अझ तिव्रता दिने निर्णय गरेको पार्टी सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

सो अवसरमा सभापति अग्नी प्रसाद पौडेल, सांसद तथा निर्वतमान पार्टी सभापति मनोहर नारायण श्रेष्ठ,सांसद अञ्जना ताम्ली,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,कार्य सम्पादन समितिका सदस्यहरु निर्मल ओझा,लेखनाथ पौडेल,अम्बिका परियार,निर्वाचन परिचालन समितिका संयोजकहरु ज्ञानु गुरुङ्ग, विष्णु पौडेल, खेमराज पौडेल, मोहन वान्तवा लगायतले संविधान कार्यन्वयन र स्थानीय तहको जग वसाल्नका लागि स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउनु सम्पूर्ण शक्ति परिचालन गर्ने वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।