नमस्ते झरनाबाट आत्माघर जोड्ने पर्यटकिय पदमार्ग निर्माणको काम ७५ प्रतिशत सकियो

फाईल फोटो
धनकुटा खबर, चैत २४ । पर्यटकीय स्थल धनकुटाको भेडेटार स्थितको नमस्ते झरनाबाट काम्फेक, नाम्जे र आत्माघर जोड्ने पर्यटकिय पदमार्ग निर्माणको काम करिव ७५ प्रतिशत पूरा भएको छ ।
विशेष गरी तराई क्षेत्र वाट यहाँ घुमफिरका लागि आउने पर्यटकहरुलाई लक्षित गरी निर्माण भईरहेको यो पदमार्गको निर्माण कार्यको ७५ प्रतिशत काम भएको नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्वुले जानकारी दिनुभयो ।
पर्यटन कार्यालय बिर्तामोढको करिब २५ लाख रुपैयाँको लागतमा तीन किलो मिटर लामो पदमार्ग निर्माण भैरहेको हो ।
धनकुटाको भेडेटार, नाम्जे, नमस्ते झरना र साँगुरीगढी पर्यटकिय श्रृङखलामा पुग्ने आन्तरिक र बाह्य पर्यटकहरुको सहज यात्रा र बसाइ अबधि लम्ब्याउन पदमार्ग निर्माण गरिएको हो । पदमार्ग निर्माणको कार्य वैशाख दोश्रो साता सम्ममा सम्पन्न हुने अध्यक्ष लिम्वुले वताउनुभएको छ ।


