धनकुटाको हिलेमा शो–रुम सन्चालन गरी फर्मा ट्याक्टरद्वारा पूर्वका चार जिल्लामा सेवा शुरु

तस्वीर: शो–रुममा बेच्न राखिएका ट्याक्टरहरु
धनकुटा खबर, चैत २५ । पूर्वका चार जिल्लामा सेवा दिन धनकुटाको हिलेमा शो–रुम सन्चालन गरेर फर्मा ट्याक्टरले पूर्वका चार जिल्लामा सेवा दिन शुरु गरेको छ ।
नेपाल ट्रेड एण्ड लिंक बिराटनगरले गएको माघ १ गतेबाट आफ्नो आठौं शाखा स्थापना गरेर धनकुटा लगाएत भोजपुर,संखुवासभा र तेह्रथुममा सेवा दिन शुरु गरेको हो ।
उक्त सो–रुमबाट भारतीय स्कट कम्पनीद्वारा निर्मित आठ मोडल मध्ये टु–ह्वील र फोर–ह्वील क्षमता भएका १७ लाख ९१ हजार देखि २२ लाख ४७ हजार सम्म मूल्य पर्ने ५०,५५ र ६५ हर्षपावरका ट्याक्टरहरु उलब्ध गराई शाखा प्रबन्धक एकराज खनालले जानकारी दिए ।
प्रति बर्ष ४० वटा सम्म ट्याक्टर बेच्ने लक्ष राखेको ेउक्त सो–रुम ले दुई महिनाको अन्तरालमा १ करोड ५२ लाख ४० हजार बरावरको ८ वटा ट्याक्टर बिक्री गरेको प्रबन्धक खनालले जानकारी दिए ।


