नामाङ्कन सिमाङकन सहितको संबिधान संशोधन बिनाको चुनाबमा जानु आत्मा हत्या गर्नु मात्र हो : मिराक

धनकुटा खबर, २५ चैत, नामाकङन सिमाङकन सहितको संबिधान संशोधन बिना चुनाबमा जानु भनेको आत्मा हत्या गर्नु मात्र भएको संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराकले बताउनु भयो ।

धनकुटाको छथर जोरपाटी गाँउपालिका सिधुवा बजारमा भएको तिन जिल्लाको केन्द्रिय सचिवालय शदश्य केन्द्रिय शदश्य तथा जिल्ला कमिटीहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै लिङदेनले यस्तो बताउनु भएको हो ।

अहिले बनेको संबिधानमा संघिय गठबन्धनको मागलाई समाबेश नगरीएकोले यही अबश्थामा चुनाबमा जान नसकिने र राज्यले पहिचानबादी शक्तीलाई अझै पनि बेवास्ता गरे संघिय गठबन्धन आँधीबेरीको रुपमा आन्दोलन होमिने उहाँले बताउनु भयो ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष कृष्ण तुम्बाहाम्फे, संघीय सामाजिक मञ्च प्रबास कार्य समिती कतारका अध्यक्ष नगेन्द्र ईभेङ केन्द्रिय महासचिब अशोक चेम्जोङ, उपमहासचिब चन्द्र सिंह नेम्बाङ , प्रान्तिय सचिवालय शदश्य कमल तिगेला, तेह्रथुम अध्यक्ष देउनारायण सम्बाहाम्फेले आ आफ्नो धारण राख्नु भएको थियो ।

कार्यक्रममा धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाका केन्द्रिय तथा जिल्ला स्तरिय कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम केन्द्रिय महासचिब यलम्बर यम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।