धनकुटा स्थित हिले माद्यामिक विद्यालयमा थप व्यवस्थित वालमैत्री कक्षा सञ्चालन गरिने

धनकुटा खबर, चैत २५ । धनकुटा नगरपालिका वडा नं १ हिले स्थित हिले माद्यामिक विद्यलायमा थप व्यवस्थित वालमैत्री कक्षा सञ्चालन गरिने भएको छ ।
व्यवस्थित वालमैत्री कक्षा सञ्चालनका लागि अहिले विद्यालय परिषरमा तीन कोठे नयाँ भवन निर्माणको काम जारी छ । गोर्खा वेलफेयर ९न्ध्क्० कन्स्ट्रक्सनको १५ लाख र कम्यूनिटी कन्ट्रीव्यूसनको २ लाख ७७ हजार २ रुपयाँ गरी जम्मा १७ लाख ७७ हजार २ रुपयाँको आर्थिक लागतमा भवन निर्माण भईरहेको हो ।
अहिले यो भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र यही शैक्षिकसत्र देखी यहाँ व्यवस्थित वालमैत्री कक्षा सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक रमेश घिमिरेले जानकारी दिनुभयो ।
भवन निर्माणमा व्रीटिस गोर्खा पोखराको प्राविधिक र तेह्रथुम शाखा ९ब्ऋध्० को प्रशासनिक सहयोग रहेको पनि उहाँले वताउनुभयो ।
व्यवस्थित वालमैत्री कक्षा अन्र्तगत वालवालिकाहरुलाई वालमैत्री वसाई,वालमनोवैज्ञानिक र कम्प्यूटर माध्यमवाट अध्ययन अध्यापन गराईने छ ।

