खुम्बुवान् मोर्चा द्वारा सामुहिक पाटी परित्याग, ८ केन्द्रिय सदस्य सहित १००७ साधारण सदस्यले पार्टी छोडे (विज्ञप्ती सहित)
धनकुटा खबर, चैत २६ । पार्टीका ८ केन्द्रिय सदस्यहरु सहित खुम्बुवान् राष्ट्रिय मोर्चा नेपालको धनकुटा जिल्ला कार्यसमितिले पार्टी परित्याग गरेको छ ।
मोर्चाका धनकुटा अध्यक्ष नेपालधन राई सहित सहित २३ जिल्ला कमिटी र केन्द्रिय सदस्यहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै पार्टी छोडेको घोषणा गरेका छन् ।
बिज्ञप्तीमा भनिएको छ–‘मोर्चाले बदलिंदो नेपाली राजनीतिलाई अंगाल्नु भन्दा पनि नेतृत्वले मनोमानी रुपमा एकलौटी काम गरेकोले हामी पार्टी छाड्ेका हौ ।’
पार्टी त्याग गर्ने पदाधीकारीहरुमा बरिष्ठ उपाध्यक्ष खड्गबहादुर खम्बु,उपाध्यक्षद्वय गजेन्द्र र चेतकुमार खम्बु,सचिव कृष्ण खम्बु,सह–सचिव बुद्धिमान खम्बु,कोषाध्यक्ष हर्कराज खम्बु,सह–कोषाध्यक्ष किरण खम्बु रहेका छन् ।
त्यस्तै अन्य पदाधिकारी सदस्यहरुमा रमेश, ढकमान, रामभक्त, ओम,मदन,अमल,सागर, रुद्रमान ,गजेन्द्र,टेकबहादुर,मन्न्द्रि,सुरेश,सुदन र नविन खम्बु रहेका छन् ।
त्यस्तै केन्द्रिय सदस्य तर्फ जिल्ला पार्टी अध्यक्ष,बरिष्ठ उपाध्यक्ष र सचिव सहित लोकेन्द्र खम्बु,बिजय खम्बु,रुपलाल खम्बु,उमेश खम्बु र राम साम्पाङ्ग खम्बु रहेका छन् ।
बिज्ञप्ती मार्फत् मोर्चाले पाटीमा आवद्ध १ हजार ७ सदस्यहरुले समेत पार्टी परित्याग गरेको जानकारी गराएको छ ।
बिज्ञप्ती:



