एमाले धनकुटाद्वारा वृद्ध-वृद्धा सम्मान तथा चुनाव प्रचार प्रसार समिती गठन
धनकुटा खबर, चैत २७ । नेकपा एमाले धनकुटा नगरपालिका २ वडा नं कमिटी भिरगाउले वृद्ध वृद्धालाई सम्मान तथा चुनाव प्रचार प्रसार समिती गठन गरेको छ ।
वडा कमिटीले हिजो एक कार्यक्रमको वीच वृद्धवृद्धालाई सम्मान तथा चुनाव प्रचार प्रसार समिति गठन गरेको हो । जसअनुसार बैशशाख ३१ गते हुन लागेको स्थानिय तहको चुनावलार्य लक्षित गरी भिरगाउँका बुद्धि जिवी तथा समाज सेवि बासुदेव निरौलाको संयोजकत्वमा २१ सदस्यीय चुनाव प्रचार प्रसार समिती गठन गरेको वडा कमिटीले जनाएको छ ।
यो कमिटीले प्रत्येक घरमा गई मतदान गर्ने प्रक्रियाको बारेमा जानकारी गराउने निर्णय गरेको छ । साथै गत फागुन ६ गते हिले बजारको सामुदायिक भवनमा आयोजित वृद्ध वृद्धा सम्मान कार्यक्रममा आउन नसकेका १३ जना वृद्धा वृद्धहरुलाई हिजो नेकपा एमाले पार्टीका जिल्ला सचिवालय सदस्य निरेन तितुङ तामाङ को प्रमुख आतिथ्यमा घर घरमा गएर दोसल्ला ओढाई सम्मान गरिएको छ ।


