यसरी दुःख दिन थाल्यो भारतले नेपालीलाई, सरकार मौन

विराटनगर, २७ चैत । दुई वर्षअघि भारतमा धार्मिक प्रवचन सुन्न पुगेका करिब २५ नेपाली डेढ वर्ष कारागारमा बसेपछि पनि अहिलेसम्म कानुनी झन्झटबाट मुक्त हुन पाएको छैन् ।

‘पूर्ण ब्रह्म कवीर उपासक समाज’ नेपालले आज विराटनगरमा पत्रकार सम्मेलन गरी नेपालीलाई कानुनी झन्झटबाट मुक्त पार्नका लागि नेपाल सरकारलाई पहल गर्न आग्रह गरेको छ ।

भारतको हरियाणा राज्यस्थित हिसार बलवालाको सतलोक आश्रममा रामपालजी महाराजको प्रवचन सुन्ने क्रममा विसं २०७१ कात्तिकतिर २४ नेपालीसहित नौ सय भारतीय पक्राउमा परेको समाजका कामु अध्यक्ष केशवप्रसाद मैनालीले बताउनुभयो ।

पक्राउमा परेका सबै जनालाई डेढ वर्ष कारावासमा राखिएको र अहिले भारु एक लाख धरौटी लिएर १५–१५ दिनमा उपस्थित हुन तारेखमा राखिएको उहाँले जानकारी गराउनुभयो । बिनाकसुर पक्राउमा परेका नेपालीको कानुनी झन्झट अन्त्य गर्नका लागि सरकारलाई ठोस कदम चाल्न माग गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।