‘अहिले राज्यले गाउँ सम्म ल्याएका अधिकार माओवादीको एजेण्डा’

हेमराज भण्डारी

धनकुटा खबर, चैत २७ । नेकपा माओवादी केन्द्रले आज जिल्लाको चौविसे गाउँपालिका अन्तर्गतको अगुवा कार्यकर्ता भेला तथा चुनावी प्रशिक्षक प्रशिक्षण कार्यक्रम मौनावुधुकमा सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै पार्टीका जिल्ला ईञ्चार्ज तथा पोलिट व्यूरो सदस्य हेमराज भण्डारीले अहिले राज्यले गाउँ सम्म ल्याएका अधिकार माओवादीको एजेण्डा भएको दावी गर्दै यसको कार्यन्वयनको नेतृत्व पनि माओवादीले लिन आवश्यक रहेको वताउनुभयो ।

केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य ऋषीराम ढुङ्गानाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा पार्टीका सयौ कार्यकर्ताले सहभागीता जनाएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य अनेम संघ क्रन्तिकारीका केन्द्रिय सदस्य कुसुम श्रेष्ठले राख्नुभएको थियो भने सञ्चालन पार्टीका केन्द्रिय सदस्य भूमिराज देवान आधुनिकले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।