खुम्बुवान् जिल्ला कमिटी सहित सयौंको संख्यामा काँग्रेस प्रवेश (फोटो फिचर सहित)

धनकुटा खबर, चैत २८ । आसन्न चुनावी माहोल संगै खुमबवान् मुक्ति मोर्चाको धनकुटा कमिटी सहित बिभिन्न पार्टी परित्याग गरेर सयौंको संख्यामा नेपाली काग्रेस पार्टीमा प्रबेश गरेका छन् ।
नेपाली काँग्रेस धनकुटाले भेडेटारमा आयोजना गरेको चुनावी प्रचार–प्रसार कार्यक्रममा मोर्चाका जिल्ला अध्यक्ष नेपालधन राईको नेतृत्वमा २३ जिल्ला कमिटी सहित ५ सय ५३ जना कांग्रेसमा प्रबश गरेका छन् ।

त्यस्तै निर्देश लिम्बुको नेतृत्वमा संघियसमाजवादी फोरमबाट ६६ जना, यूवा नेता आनन्द लिम्बुको नेतृत्वमा नकपा एमालेबाट १९ जना र सुवास राईको नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट ७ जना कांग्रेसमा प्रबेश गरेको कार्यक्रममा जानकारी दिईएको छ ।
नव प्रबेशीहरुलाई केन्द्रिय सदस्य तथा सभासद् भिष्मराज आङ्देमबे,महासमिति सदस्य आनन्द सन्तोषी,सभासद्द्वय अन्जना ताम्ली र मनोहर नारायण श्रेष्ठ,जिल्ला अध्यक्ष अग्नी पौडेलले अविर र खादा लगाएर स्वागत गरेका थिए ।

उक्त पार्टी प्रवेश कार्यक्रम क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली,जिल्ला सचिव बिजय सन्तोषी,कोषाध्यक्ष दिनेश राईको बिशेष सकृयतामा सम्भव भएके नेपाली काँग्रेस धनकुटाले जानकारी दिएको छ ।



