एमालेद्वारा पाख्रीवास नगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई सम्मान
धनकुटा खबर, चैत २८ । नेकपा एमालेले आज जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ७ र ८ का १ सय ५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
पाख्रीवास नगरपालिकाको ७ र ८ नं वडा कमिटीको संयुक्त आयोजनामा मुगामा सञ्चालित जेष्ठ नागरिक सम्मान कार्यक्रमको वीच उल्लेखीत संख्याका जेष्ठ नागरिकहरुलाई पार्टीका जिल्ला अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र राईले दोसल्ला ओढाई सम्मान गर्नुभएको पार्टीका पाख्रीवास नगर कमिटी सचिव सिताराम राईले जानकारी दिनुभयो ।
नगर कमिटी अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा सञ्चालित कार्यक्रमलाई जिल्ला कमिटी अध्यक्ष राई सहित १ नं प्रदेश कमिटि सदस्य सकुन्तला वस्नेत, १ नं परिषद सदस्य ईन्द्र मणी पराजुली लगायतकाले सम्वोधन गरेका थिए ।


