सुडान र सोमालिया गरी दुई देशमा ३१ जना मारिए

जुवा (सुडान), २९ चैत । सुडानमा सरकारको समर्थन रहेका लडाकुहरु र स्थानीय युवाबीच भएको झडपमा परी कम्तीमा १६ जना आम नागरिकको मृत्यु भएको छ ।

सुडानको दक्षिणी क्षेत्रमा पर्ने वाउ भन्ने ठाउँमा भएको झडपमा अन्य १० जना घाइते भएको युएन मिसनले सोमबार जनाएको छ ।

युएन मिसन ईन साउथ सुडान (अनमिस)ले वाउमा एउटा विद्युतीय धरापमा परी आइतबार सरकारी सेनाका एक जनाको मृत्यु भएपछि दोहोरो झडप भएको हो ।

त्यसैगरी केन्याको सैनीक कारबाहीमा परी अल शबाबका १५ जना लडाकु सोमबार मारिएका छन् ।

केन्याको सिमानामा पर्ने दक्षिणी सोमालियामा उनीहरु मारिएको र त्यत्तिकै सङ्ख्यामा घाइते भएको अधिकारीले जानकारी दिएका छन् । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।