उत्पादित कृषि उपज बजारिकरण गर्न तेह्रथुममा ९ वटा कृषि सडकको स्तरोन्नती गरिंदै

धनकुटा खबर, चैत ३०,धनकुटा/तेह्थुम । किसानहरुले उत्पादन गरेको कृषि उपजहरुलाई बजार सम्म पुर्याउन सहज बनाउनका लागि उन्नती नेपाल परियोजनाले तेह्रथुम जिल्लाका ९ वटा कृषि सडकको स्तर उन्नती गर्ने भएको छ ।

तस्वीर: धनकुटा र तेह्रथुम जिल्लाको सिमानामा रहेको चित्रे बजार देखि तेह्रथुमको फलेक खण्डमा स्तरउन्नती गरिएको कृषि सडकको एक खण्ड

डेनिस सरकारको कुल ४३ करोड ७४ लाख १५ हजार ७ सय ३३ रुपैंया ९७ पैसाको लागतमा उक्त आयोजना सम्पन्न हुन लागेको हो ।

जिल्लाका बिभिन्न साबिक १२ गाबिसबाट सदरमुकाम र ब्यपारीक मार्गहरु जोड्ने ५६ दशमलव ५२ किमि सडकलाई ईन्जिनेरिङ्ग मापदण्डमा सुधार गरी ग्राभेल गर्न लागिएको कार्यालयले जानकारी दिएको छ ।

सन् २०१६ मे १५ बाट शुरु भएर २०१८ जुन १ सम्ममा सम्पन्न हुने उक्त आयोजनाहरु जिल्लाका साबिक आङ्दिम, दागपा, हमजुङ्ग, ओख्रे, फाक्चामारा, पनचकन्या, सुदाप, फुलेक, बसन्तपुर, सोल्मा, ओयाक्जुङ्ग र मोराहाङ्ग गाबिसमा सम्पन्न हुनेछन् ।

न्युनतम ३ करोड ४१ लाख देखि अधिकतम ७ करोड ९३ लाख सम्ममा सम्पन्न हुने उक्त कृषि सडक आयोजनाबाट गाबिसका ८ हजार ९ सय ८३ कृषक परिवार लाभाम्बित हुने उन्नती तेह्रथुमले जानकारी दिएको छ ।

उक्त सडक आयोजना मध्ये २ सडको १९ दशमलव २१ किमि काम सुचारु रहेको छ भने अन्य ७ सडकहरुको ४६ दशमलव ३१ किमि बाटो निर्माणका लागि टेन्डर प्रकृया सकिएर निर्माण कम्पिनी छनौट चरणमा रहेको कार्यालयका जानकारी दिएको छ ।

निर्माणाधिन सडकहरुमा धनकुटा र तेह्रथुकको सिमानामा रहेको सिधुवा बजार देखि तेह्रथुमको सुक्रबारे बजार सम्मको ९ दशमलव २० किमि बाटो र दुई जिल्ला कै सिमानामा रहेको चित्रे बजार देखि तेह्रथुकको साविक फुलेक गाबिस सम्मको १० दशमलव १ किमि बाटो रहेका छन् ।

सडहकहरु चित्रे–फुलेक ५ करोड २ लाख ६४ हजार ३ सय ९९ रुपैंया ६४ पैसा र सिंधुवा–सुक्रबारे ५ करोड ३ लाख १६ हजार ९ सय ६२ रुपैंया ४९ पैसा गरी कुल १० करोड ५ लाख ८१ हजार ३ सय ६२ रुपैंया १३ पैसाको लागतमा सम्पन्न हुन लागेका हुन् ।

चित्रे–फुलेक कृषि सडकले जिल्लाको साबिक २ गाबिसका ४ हजार ३ सय ३१ कृषक परिवार र सिंधुवा–सुक्रबारे सडक आयोजनाले ७ गाबिसका ८ सय ३६ किसान परिवार लाभामिबत हुने छन् ।

उता चालु आवको अग्रजी तारिख जुन १ बाट योजना शुरु भई जुन २०१८ सम्म काम सक्नेगरी साबिक ७ गाबिसका ७ वटा बाटोको स्तरउन्नतीका गर्न ३७ दशमलव ३१ किमि बाटोको ठेक्का प्रकृया सकिएको कार्यालयले जानकारी दिएको छ ।

३३ करोड ७३ लाख ३४ हजार ३ सय ७ रुपैंया ८४ पैसाको लागतमा सम्पन्न हुने उक्त कृषि सडक सन्जालबाट गाबिसका ३ हजार ८ सय १३ कृषक परिवार लाभाम्बित हुनेछन् ।

उक्त आयोजनाहरुबाट क्रमशः सुदाप र ओख्रेका ९ सय ७१,ओयाक्जुङ्ग ५ सय,सुदाप र मोराहाङ्गका ६ सय,बसन्तपुरका ४ सय ५० र दागपा गाबिसका ४ सय ९५ कृषक परिवार लाभाम्बित हुने कार्यालयका ईन्जिनियर तथा पुर्वाधार बिशेषज्ञ मोहन श्रेष्ठले जानकारी दिए ।

‘आयोजनाका सम्पूर्ण बाटोहरु ईन्जिनेरिङ्ग मापदण्डमा स्तरउन्नती र ग्राभेल हुनेछ’,उनले भने,‘योजना पुरा भएपछि कृषहरुलाई कृषि उपजहरु बजार सम्म ढुवानी गर्न सहजता हुनेछ ।’

अदुवा,अलैची, दुध र चियाको उच्पादनमा बृद्धि,बजार ब्यबस्थापन र ढुवानीमा सहयोग पु¥याउने उदेश्यले सन् २०१४ देखि ०१८ सम्मका लागि पूर्वका बिभिन्न ७ जिल्लाको कृषि क्षेत्रमा डेनिस सरकारले उन्नती परियोजना मार्फत् ७ अर्व बरावरको आयोजना सम्पन्न गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।