कोरियाली प्रायद्वीप र सिरियाको बारेमा चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच फोनवार्ता

बेइजिङ, ३० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङले बुधबार फोनवार्ता गर्नुभएको छ । उहाँहरूले सिरियाको पछिल्लो अवस्थाका बारेमा कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ ।

त्यसैगरी उहाँहरूले हालै भएको कोरियाको विषयमा पनि कुराकानी गर्नुभएको छ । कोरियाली प्रायद्वीपमा हालै भएको आक्रमणबाट विश्वमा नै तरङ्ग उत्पन्न भएको जनाइएको छ ।

कोरियाली प्रायद्वीपमा भएको हमलाका कारण विश्वमा नै शान्तिको सिद्धान्तको उल्लङ्घन भएको बताइएको थियो । सो विषयमा पनि उहाँहरूबीच फोन वार्ता भएको बताइएको छ ।

त्यसैगरी सिरियामा भएको पछिल्लो हमलामा सरकारी सेनाले नै रासायनिक हतियारको प्रयोग गरेको बारेमा उहाँहरूबीच कुराकानी भएको थियो । सिरियामा पछिल्लो समयमा गैरकानुनी हमला भइरहेको छ । सो विषयमा विश्वव्यापी रूपमा चर्चा सुरु भएको छ ।

सो विषयमा भएको कुराकानीमा उहाँहरूले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सो विषय हेर्नुपर्ने सहमति भएको बताइएको छ । उक्त परिषद् यस मुद्दामा एक भएर रहने र अमेरिका र चीनले यस मुद्दामा एउटै आवाज उठाउनुपर्नेमा सहमत हुनुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।

चिनियाँ राष्ट्रपति जिनपिङले चीन र अमेरिकाले आगामी दिनमा मिलेर काम गर्ने जानकारी दिनुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले यसै वर्षको अन्त्यतिर चीनको भ्रमण गर्नुहुने भएको छ ।

सो भ्रमण अमेरिकी चीन सम्बन्ध विस्तार र सुदृढीकरणमा सक्षम हुने बताइएको छ । सो भ्रमणका बारेमा पनि बुधबार भएको फोनवार्तामा चर्चा भएको बताइएको छ ।

कूटनीति, सुरक्षा, व्यापार र कानुनजस्ता विभिन्न चार विषयमा द्विपक्षीय संयन्त्रको निर्माण गरी आपसी हितमा काम गर्ने विषयमा उहाँहरूबीच छलफल भएको र जसले आगामी दिनमा दुई देशबीचको सम्बन्धमा सहजता थप्ने उहाँहरूबीच सहमति भएको थियो ।

उत्तर कोरियाले दक्षिण कोरियालाई लक्ष्य गरेर आक्रमण गर्ने गरेको छ । यसले गर्दा विगत लामो समयदेखि कोरियाली प्रायद्वीपमा विवाद उत्पन्न हुँदै आएको छ । सो विषयमा उहाँहरूबीच आवश्यक छलफल भएको थियो । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।