चक्कु देखाएर ट्याक्सी ड्राइभरलाई बलात्कार गरेको आरोपमा एक युवती पक्राउ

अमेरिकाको ओहायोमा ट्याक्सी ड्राइभरलाई बलात्कार गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा २३ वर्षीया ब्रिटिनी कार्टर रहेकी छन् ।

उनीमाथि चक्कु देखाएर ट्याक्सी ड्राइभरलाई बलात्कार गरेको आरोप लगाइएको छ । बलात्कारपछि उयनले केटासाथीसँग मिलेर ड्राइभरको साथबाट ३२ डलर पनि लुटेको आरोप लागेको छ ।

प्रहरीका अनुसार ती युवतीले गत २८ जनवरीमा ट्याक्सी बोलाएकी थिइन् । ट्याक्सीमा ती युवती र उनका केटासाथी बसेका थिए ।

बीच बाटोमा पुगेपछि उनले ट्याक्सीभित्रै ड्राइभरमाथि बलात्कार गरेकी थिइन् । बलात्कार गर्ने क्रममा उनका केटा साथीले ड्राइभरको घाँटीमा चक्कु तेस्र्याएको र उनले ड्राइभरलाई बलात्कार गरेको जनाएको छ ।

प्रहरीले पैसा लुट्नका लागि ड्राइभरको बलात्कार गरेको हुन सक्ने बताएको छ । ड्राइभरले प्रहरी चौकीमा आफू बलात्कारमा परेको उजुरी दिएपछि घटना सार्वजनिक भएको थियो । उजुरी परेको केही दिनमै प्रहरीले ती युवती र उनका केटा साथीलाई पक्राउ गर्न सफल भएको थियो । – एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।