राष्ट्रिय झन्डा महोत्सव : ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची–महाकाली…’

नयाँ वर्षको स्वागतमा उठाईएको ५५ हात लामो लिङ्गो

नेपालगन्ज, १ वैशाख । कार्यक्रममा सहभागी सबैले ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची–महाकाली……….’ सामूहिक राष्ट्र गान गाउँदै नेपालको झन्डा फहराएको दृष्य साँच्चिकै अपूर्व थियो ।

अन्तराल संस्थाको संयोजन तथा व्यवस्थापनमा आज स्थानीय रामलीला मैदानमा आयोजना गरिएको नेपाली झन्डा महोत्सवमा सहभागी सबैले राष्ट्रिय झन्डा फहराएर राष्ट्रिय स्वाभिमान र एकताको सन्देश प्रवाह गरेका थिए । महोत्सवमा नेपाल सांस्कृतिक सङ्घका कलाकारले राष्ट्रियता झल्कने गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा राष्ट्रिय झन्डाको ऐतिहासिक महत्व र यसको पृष्ठभूमिका बारेमा अन्तरालका निर्देशक जयनारायण शाहले जानकारी गराउनुभएको थियो । स्थानीय कलाकारले राष्ट्रिय भावना ओतप्रोत हुने नृत्य, सङ्गीत प्रस्तुत गरेका थिए । विमान चालक तथा कलाकार विजय लामा, बाँकेका प्रजिअ रविलाल पन्थ र नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले राष्ट्रिय झन्डालाई सबै नेपालीले शिरमा राख्न सके मात्र मुलुक र देशवासीको स्वाभिमानको रक्षा हुने धारणा राख्नुभयो ।

सरकारीस्तरबाट विभिन्नखाले दिवस मनाउने गरिएको तर राष्ट्रिय झन्डा दिवस मनाउनेतर्पm राज्य उदासीन भएको कुरालाई दृष्टिगत गरी सरकारलाई राष्ट्रिय झन्डा दिवस मनाउनका लागि दबाब दिन प्रत्येक वर्ष झन्डा महोत्सव आयोजना गरिएको शाहले बताउनुभयो ।
===
नयाँ वर्षको स्वागतमा उठाईएको ५५ हात लामो लिङ्गो

भक्तपुरको ल्योसिङखेलमा बिहीबार राती उठाएको ५५ हात लामो लिङ्गो । यो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरि पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा उभ्याउने गरिन्छ । तस्बिर: लक्ष्मी गारु, भक्तपुर, रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।