मतदान शिक्षा सबैले बुझ्न जरुरी छ : सभासद ताम्ली

धनकुटा खबर, वैशाख ४ । मतदान सम्बन्धि मतदाताहरुले बुझेमात्र जनताहरुले आफुले रोजेको र चाहेको उमेदवारलाई सहीरुपमा मतदान गर्न सक्ने धनकुटाका महिला सभासद अन्जना ताम्लिले बताउनुभएको छ ।
सामूदायिक सचेतता र विकासका लागि महिला समुह धनकुटाद्धारा आयोजना गरिएको मतदाता शिक्षा अन्तरक्रिया कार्यक्रममा ताम्लिले यस्तो वताउनुभएको हो ।
ताम्लीले संविधान कार्यान्वयनको मुख्य खुडकिलो नै निर्वाचन भएको र अझै पनि कतिपयलाई आफुले रोजेको दल र व्यक्तिलाई मत हाल्ने विधि थाहा नभएका कारण मतदाता शिक्षा आवश्यक भएको वताउनुभयो ।
सो कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति हरिकुमार राईले सवै क्षेत्रमा सक्षम भएमा मात्र सही व्यक्ति निर्वाचित हुने वताउनुभयो ।
मानव अधिकारका लागि महिला एकल महिला समुहका जिल्ला अध्यक्ष मिना राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व सभासद लिला सुव्वा, अन्तर पार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष कमला मगर लगायतकाले वोल्नुभएको थियो ।
कार्यक्रममा ४० जना महिलाको सहभागिता रहेको थियो । जिल्ला शिक्षा कार्यालय धनकुटाका श्रोत व्यक्ती खगेन्द्र आचार्य, जिल्ला निर्वाचन कार्यालय धनकुटाका यादव तिम्सिनाले सहजीकरण गर्नुभएको थियो ।


