आचारसहिंता उलंघनको उजुरी पछि राजनितिक दलहरुलाई सचेत

धनकुटा खबर, बैशाख ४ । निर्वाचन आचारसंहिता विपरितका कार्य भैरहेको उजुरी आउन थालेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जिल्लामा कृयासिल राजनितिकदलहरुलाई सचेत गराएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले स्थानीयतह निर्वाचनको तयारीमा जुटेका विभिन्न राजनितिकदलहरुले सभासम्मेलन र प्रचारप्रसारका क्रममा निषेध भनिएका स्थानमा समेत तुल, ब्यानर, झण्डा लगायतका प्रचारसामग्री राखेको र भित्तेलेखन गरेको उजुरी आएपछि कार्यालयले सचेत गराएको हो ।
कार्यालयले सोमबार निर्वाचन कार्यालयमा दलका प्रतिनिधीहरुलाई बोलाएर आचारसंहिता विपरितका कार्य नगर्न निर्देशन दिएको छ ।
धनकुटाका मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले निस्पक्ष निर्वाचनका लागि आचारसंहिता पालनामा दलहरु गम्भिर हुनुपर्ने बताउनुभयो ।
जिल्ला निर्वाचन अधिकृत प्रदीप साहले धनकुटाका विभिन्न स्थानमा निर्वाचन आचारसंहिता उल्घंनका उजुरी आइरहेकाले दलहरुलाई यसबारे सचेत गराइसकिएको बताउनु भयो ।
दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गर्न आफूहरु प्रतिबद्ध रहेको जनाएका छन् ।


