जल महोत्सवको क्रममा म्यानमारमा २८५ को मृत्यु, १०७३ जना घाइते

याङगोन, ५ बैशाख । म्यानमारमा देशव्यापी रुपमा चार दिनसम्म चलेको जल महोत्सवका क्रममा २८५ जनाको मृत्यु भएको छ भने अन्य १०७३ जना घाइते भएका छन् ।

यस बर्ष मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो बर्षको भन्दा १३ जना बढी भएको ‘ग्लोबल न्यु लाईट अफ म्यानमार’ले मङ्गलबार जनाएको छ ।

महोत्सवका क्रममा १२ सय ओटा अपराधिक घटना दर्ता भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

मृत्यु भएका व्यक्तिहरुको म्याानमारका विभिन्न राज्यका रहेका छन् । सो जल महोत्सवमा मारिनेहरुमा नेपिताउ १०, याङगोनमा ४४, मान्दालायमा ३६, तानीन्थार्यी ११, बागो ३७, माग्वे ११, मोनमा २० राखिनमा १७, शान २९ र अयेयावाड्डी क्षेत्रमा २८ जनाको मृत्यु भएको जनाइएको छ ।

आपराधिक घटनाहरु प्राय हत्यासँग सम्वन्धीत छन् । त्यस बाहेक कार दुर्घटना, लागुऔषध प्रयोग, लुटपाट, समुहगत भिडन्त जस्ता हिंसात्मक घटनाहरु पनि भएको प्रतिवेदनमा उल्लेख छ ।

यस बर्षको परम्परागत पर्व जल महोत्सव गत बिहीबार देखि आईतबार सम्म चलेको थियो ।

गत बर्ष यही महोत्सवका अवसरमा २७२ जनाको मृत्यु भएको थियो भने १०८६ जना घाइते भएका थिए । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖