अपहरित भारतीय नागरिक सिरहाबाट सकुशल मुक्त

लहान, वैशाख ५ । करिब दुई साताअघि अपहरणमा परेका भारतीय नागरिक प्रदीप यादवलाई आज(मंगलबार) बिहान प्रहरी टोलीले सिरहाको लहान नगरपालिका–१५ बेताहबाट सकुशल मुक्त गराएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

गत चैत २३ गते अपहरित भारत विहारस्थित मझारीका २३ वर्षीय यादवलाई बेतहा गाउँमा राखेको गोप्य सूचनाका आधारमा सगरमाथा अञ्चल प्रहरी कार्यालय र लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेतहास्थित रमेश लामाको घरबाट सकुशल मुक्त गराएको प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

साथै अपहरणमा संलग्न रहेको आरोपमा लामासहित सिरहाका जयराम यादव र सप्तरीको बिसनपुरका दीपनारायण यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराज पठाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने र अपहरणमुक्त भारतीय नागरिकलाई परिवारको जिम्मा लगाइनेछ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।