१७ बर्षिय पार्वतीको मनै रुवाउने बेदना !, भन्छिन्,- खान नपाएर मरीन्छ होला मेरो भाईलाई बचाईदिनुस् !

धादिङ । दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले खानेकुरा । छाप्रोमा बास छ । न लगाउने लत्ताकपडा छ, न त खानेकुरा ।

ज्वालामुखी गाउँपालिका–५ धादिङकी राधिका बयलकोटीको परिवार समस्याको भूमरीमा चलिरहेको छ ।सीताराम बयलकोटीले ज्याला मजदुरी गरेरै भएपनि दुख सुखले परिवार चलेको थियो । तर एक्कासी बयलकोटी बिरामी पर्नुभयो । पेटको रोगी त्यसमा पनि टाइफाइटले थलिनु भएका उहाँलाई अस्पतालसम्म पु¥याउन सकिएन । परिवारको आशा बन्नुभएका सीताराम अस्पताल लैजाँदै गर्दा बाटोमै ढल्लेपछि कहिल्यै उठ्न सक्नुभएन । उहाँसँगै परिवारको खुसी पनि उठ्न सकेन । ३८ वर्षिय सीताराम बयलकोटीले २०७३ मंसिर २६ गतेबाट सदाका बिदा लिनुभयो ।

पूरै परिवार सीतारामको भरमा थियो । सीतारामको मृत्युपछि मियो ढलेको दाँइ जस्तै भयो उनको परिवार । सुखदुख सँगसँगै गरौंला, सँगै जिउला, सँगै मरौला भन्ने श्रीमान भगवानको प्यारो भएपछि श्रीमती दुर्गा चर्माकारको काँधमा जिम्मेवारी आइप¥यो । आफैं रोगी मान्छे त्यसमा पनि श्रीमानलाई गुमाएको पीडाले थलिनुभएकी दुर्गाको परिवार झण्डै दुई महिना अभावमै चल्यो । बुबाको मृत्युपछि बालबच्चाहरुको दुई मुठ्ठी सास आमाको भरमा धानिएको थियो । दुई छाक जोहो गर्न मुस्किलले चलेको परिवारमा उपचारमा लाग्ने खर्च निकै कठिनसँग जुटेको थियो । तर आन्द्राको क्यान्सरले थलिनुभएकी दुर्गाले रोगसँग लड्दा लड्दै आफ्नै लागि दुई मुठ्ठी सास बचाउन सक्नुभएन । अन्ततः काठमाडौमा रहेको मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदाहँुदै ३६ वर्षीया दुर्गाको पनि २०७३ माघ १९ गते ज्यान गयो ।

झण्डै दुई महिनाको बिचमा आमाबुबा गुमाएपछिका दुख, पीडा त छदंैछन् छोराछोरीले पेटभरी खान समेत पाएका छैनन् । सीतारामका १७ वर्षीया छोरी राधिका, १३ वर्षीय प्रकाश र २ वर्षीय इराक बयलकोटी ढुङ्गा खाउँ कि माटो भएका छन् । बुबाआमाको ज्यान गएपछि टुहुरा बनेका उनी ठूलोबुबा चुनबहादुरले बनाइदिनुभएको टहरामा बस्दै आएका छन् । ठूलोबुबा चुनबहादुरको परिवार र छिमेकीहरुको सहयोगमा मुस्किलले चुलोमा आगो बलेको छ । तर चुनबहादुरलाई आफ्नै घर खर्च चलाउन समस्या छ ।

अरुको सहयोगमा आफ्नो र भाइको पटे भर्न नसकेपछि राधिका २ वर्षको भाइलाई छाडेर काममा जान थालेकी छिन् । ‘सधै काम पाइदैन । कहिलेकाँही कमाएको १/२ सय रुपैयाँले सधैलाई पुग्दैन । भाइहरु जतिखेरै भोक लाग्यो मात्र भन्छन्, दिउँ केही छैन । एक छाक खाएर म त बाँचुला तर भाइहरुलाई कसरी बचाँउ ?’ राधिकाले गहभरी आँसु पादै प्रश्न गर्नुभयो ।

बुबाआमा गुमाएको पीडा समेत भुल्न नसकेकी राधिकाले भनिन् ‘रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भयो । भाइलाई पढाउन त परैको कुरा बचाउँन पनि सक्दिन होला । कसैले सहयोग गरेदेखि बुबाआमा गुमाएको घाउमा मलम लाग्थ्यो कि ।’बुबाआमा गुमाएदेखि बिचल्लीमा परेका यी टुहरा बालबालिकाहरु अहिलेसम्म उस्तै अवस्थामा छन् । विहान उठेदेखिनै उनीहरुको दैनिकी समस्यै समस्यामा बितेको छ । पाइलै पिच्छे पहाड जस्तै उभिएका समस्याहरुबाट मुक्ति पाउन सकेका छैनन् ।

आफूहरु टुहुरा भएको भन्दै धेरै मानिस आएर ओत लाग्ने छानो बनाइदिन्छु, पालनपोषण गरिदिन्छु भन्ने आएपनि अहिलेसम्म आफ्नो समस्या जस्ताको तस्तै रहेको राधिकाले गुनासो गरिन् ।

https://youtu.be/U6HDdN2MDwc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।