घरेलु धनकुटाले जिल्लाका ७७८ यूवाहरुलाई शिप बिकास तालिम दिने

धनकुटा खबर, बैशाख ५ । घरेलु तथा साना उद्योग बिकास समिति धनकुटाले चालु आव ०७३÷०७४मा धनकुटाका ७ सय ७८ यूवाहरुलाई लघु उद्याम सम्बन्धि शिप बिकास तालिम दिने भएको छ ।

बिभिन्न ४ शिर्ष अन्तर्गत् १६ देखि ४५ बर्ष उमेरका यूवाहरुलाई १ हप्ता देखि ३ महिना सम्म दिईने उक्त तालिम जिल्लाका बिभिन्न ३२ स्थानहरुबाट दिईने कार्यालयले जानकारी दिएको छ ।

घरेलु तथा साना उद्योग बिकास कार्यक्रम अन्तर्गत २ सय २०,गरिवी निवारणका लागि लघु उद्यमम बिकास कार्यक्रम अन्तर्गत १ सय ७० जनालाई ,भुकम्प प्रभावितका लागि बिशेष तालिम अन्तर्गत एक सय जनालाई र भगत सर्वजित शिप बिकास प्रवद्र्धन कार्यक्रम अन्तर्गत दलित समुदायका २ सय ८८ तालिम दिईनेछ ।

उक्त कार्यक्रम अन्तर्गत सिलाईकटाई,हाउसवायरिङ्ग,प्लम्बिङ्ग,सब्जी खेती,मौरी पालन, बाख्रा पालन,कम्प्युटर तालिम,सिकर्मी तथा डकर्मी तालिम लगाएतका एक दर्जन भन्दा बढी शिपमूलक तालिम सन्चालनका क्रममा रहेको कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी दिपेन्द्र अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार उद्योग बिकास कार्यक्रम अन्तर्गत १५, गरिवी निवारणका लागि ४, भुकम्प प्रभावितका लागि ५ र भगत सर्वजित कार्यक्रम अन्तर्गत ८ स्थानबाट उक्त तालिम दिईने छ ।

उक्त कार्यक्रमका लागि कार्यालयको चालु आवको कुल ५ करोड २० लाख ९८ हजार मध्ये शिपमूलक तालिमका कार्यक्रमका लागि १ करोड ८० लाख ६८ हजार खर्च गर्ने कार्यालयले जानकारी दिएको छ ।

हाल सम्म ८ हजार ८ सय १२ जना ब्यक्तिहरुलाई तालिम दिएको कार्यालयका निमित्त प्रमुख सत्य नारायण राईले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।