पाख्रीबासमा बुद्धको मूर्ति निमार्ण गर्न थालियो
धनकुटा खबर, बैशाख ७ । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ४ स्थितको पर्यटकीय स्थल तथा पिकनिक स्र्पोट श्री संसारीमाई पूजा सिमसार क्षेत्रमा गौतम वुद्धको मूर्ति निमार्ण गर्न थालिएको छ ।

त्यस क्षेत्रमा आउने मानिसहरुको ध्यान आकर्षित गर्दै पर्यटकहरुको संख्या वृद्धी गर्ने लक्षका साथ स्थानीय तीलमाया मानन्धर र गोपाल मानन्धरले नि शूल्क प्रदान गर्नुभएको १५ रोपनी जग्गामा मूर्ति निर्माण गर्न थालिएको हो ।

निर्माणाधिन मूर्ति २५ फुट अग्लो वनाईने छ । मूर्ति निर्माण कार्य अन्र्तगत अहिले पीलर राख्ने, गाह्रो लगाउने, लगायतको काम भएको र वैशाख ८ गते शुक्रवार देखी मूर्ति नै वनाउन थालिने मूर्ति निर्माण समितिका अध्यक्ष श्याम प्रकाश राईले वताउनुभयो ।साँषद विकास कोषवाट १० लाख रकम प्राप्त हुने भएपछि मूर्ति निर्माणको काम थालिएको उहाँले वताउनुभयो ।
तर १० लाख रकमले २५ फुट अग्लो मूर्ति निर्माणको काम पूरा नहुने भएपछि थप रकम संकलनको लागि समितिले के गर्ने भन्ने वारेमा छलफल गरिरहेको छ ।
मूर्ति असार दोश्रो हप्ता सम्म वनाई सक्ने योजना छ ।

